काठमाडौं । आर्थिक वर्ष २०७७ /७८ को तेस्रो त्रैमाससम्मको वित्तीय विववरण प्रकाशन गरेका १९ निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्थालाई हेर्दा अधिकांश बीमा कम्पनीहरुको खुद दाबी भुक्तानी घटेको देखिएको छ । यस अवधिसम्ममा ९ वटा कम्पाीहरुको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद दाबी भुक्तानीमा गिरावट देखिएको हो ।
आर्थिक वर्ष २०७७ /७८ को चैत मसान्तसम्ममा १९ बीमा कम्पनीहरुले ४ अर्ब ७२ करोड ८४ लाख १ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ४ अर्ब ३७ करोड ८१ लाख ८६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद दाबी भुक्तानी ८ प्रतिशतले मात्र बढेको छ ।

यस अवधिसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै दाबी भुक्तानी गरेको छ । यस अवधिसम्म कम्पनीले ६४ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १ दशमलव ९१ प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष कम्पनीले ६५ करोड २६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी हरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद दाबी भुक्तानी २३ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिसम्ममा कम्पनीले ५३ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४५ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १७ प्रतिशतले बढी हो ।
यस अवधिसम्ममा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४३ करोड ९९ लाख, ओरिएण्टल इन्स्योरेन्सले ३८ करोड ९४ लाख, एनएलजी इनस्योरेन्सले ३८ करोड १३ लाख, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले २९ करोड ७३ लाख, प्रिमियर इन्स्योरेन्सले २७ करोड ८ लाख, आइएमई जनरलले १९ करोड ८३ लाख, नेपाल इन्स्योरेन्सले १७ करोड ६८ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले १६ करोड ४५ लाख, एभरेष्ट इनस्योरेन्सको १५ करोड ८ लाख, यूनाइटेड इन्स्योरेन्सले १४ करोड ८६ लाख, अजोड इन्स्योरेन्सले १४ करोड ३५ लाख, प्रभु इन्स्योरेन्सले १३ करोड ८३ लाख, हिमालयन जनरलले ९ करोड ७ लाख, जनरल इन्स्योरेन्सले ४ करोड ५९ लाख, सानिमा जनरल इन्स्योरेन्सले ३ करोड ५८ लाख, राष्ट्रिय बीमा कम्पनीले ३ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
९ कम्पनीको घट्यो
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ वटा कम्पनीको खुद दाबी भुक्तानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शिखर इन्स्योरेन्स कम्पनीको खुद दाबी भुक्तानी १ दशमलव ९१ प्रतिशतले कमी हो । एनएलजी इन्स्योरेन्स कम्पनीको गत आथिृक वर्षको सोही अवधिको तुलनामा खुद दाबी भुक्रानी १० दशमलव ९४ प्रतिशतले कमी हो । लुम्बिनी जनरलको ८ दशमलव ३८ प्रतिशतले कमी हो । प्रिमियर इन्स्योरेन्सको २६ दशमलव ०७ प्रतिशतले कमी हो । प्रुडेन्सियलको १९ दशमलव १० प्रतिशतले कमी हो । प्रभु इन्स्योरेन्सको ५ दशमलव ८० प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सको १४ दशमलव ८५ प्रतिशत, जनरल इन्स्योरेन्सको ८ दशमलव ७३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ३२ दशमलव ३० प्रतिशले कमी हो ।












