Connect IPS
IME Life

१९ जीवन बीमा कम्पनीको जीवन बीमा कोषमा तीन खर्ब ६४ अर्ब संचिती, कुन कम्पनीको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काडमाडौं । आर्थिक वर्ष २०७७ /७८ को तेस्रो त्रैमाससम्ममा सम्पुर्ण जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार बृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा आइपुग्दा १९ जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ३ खर्ब ६४ अर्ब ३० करोड ८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुको जीवन बीमा कोषमा २ खर्ब ७८ अर्ब ११ करोड ५९ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको जीवन बीमा कोषको आकार ३० दशमलव ९९ प्रतिशतले बढी हो ।

बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष निकै महत्वपूर्ण मानिन्छ । यस अवधिसम्ममा पुरानो कम्पनीहरमध्ये सबैभन्दा धेरै जीवन बीमा कोषको आकार सूर्या लाइफको ५० प्रतिशतले बढेको छ । त्यसैगरी नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रभु लाइफको जीवन बीमा कोषको आकार १८२ प्रतिशतले बढेको छ ।

यस अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा कोषमा सबैभन्दा धेरै रकम जम्मा गर्ने कम्पनी बन्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा १ खर्ब ७ अर्ब ६१ करोड रुपैयाँ जीवन बीमा कोषमा जम्मा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ३२ दशमलव २५ प्रतिशतले बृद्धि गरेको छ । गत आथिृक वर्षको यसै अवधिमा कम्पनीले ८१ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ जीवन बीमा कोषमा संचिती रहेको थियो ।

Prabhu
Crest

दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा ७७ अर्ब ५४ करोड रुपैयाँ रकम जीवन बीमा कोषमा जम्मा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६३ अर्ब ६७ करोड रुपैयाँ जीवन बीमा कोषमा राखेको थियो । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा जीवन बीमा कोषमा २७ दशमलव ५६ प्रतिशतले बृद्धि गरी ४० अर्ब २१ करोड रुपैयाँ जम्मा गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थानले गत आथिृक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोष २१ दशमलव ५१ प्रतिशतले बृद्धि गरी ३२ अर्ब ४४ करोड रुपैयाँ जम्मा गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा २५ अर्ब ४२ करोड रुपैयाँ जीवन बीमा कोषमा राखेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २६ दशमलव १७ प्रतिशतले बढी हो । मेट लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १९ अर्ब १६ करोड रुपैयाँ रहेको छ । गत आथिृक वर्षको सोही अवधिकाो तुलनामा कम्पनीको जीवन बीमा कोष ७ दशमलव ४५ प्रतिशतले बढी हो ।

त्यसैगरी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोषमा रकम ३१ दशमलव ३६ प्रतिशतले बृद्धि गरी १४ अर्बमाथि जीवन बीमा कोषमा रहेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ४२ दशमलव ४४ प्रतिशतले बृद्धि गरी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिमा १० अर्ब १ करोड रुपैयाँ जीवन बीमा कोषमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ५० प्रतिशतले बढी हो ।

१० अर्बभन्दा कम जीवन बीमा कोष भएका कम्पनी
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० अर्बभन्दा कम जीवन बीमा कोष भएका कम्पनीहरु १० वटा रहेका छन् । जसमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । ज्योति लाइफको ३ अर्ब ४९ करोड, सिटिजन लाइफको ३ अर्ब १ करोड, आईएमइ लाइफको २ अर्ब ४९ करोड, रिलायबल नेपाल लाइफको २ अर्ब ३७ करोड, रिलायन्स लाइफको २ अर्ब २६ करोड, सन नेपाल लाइफको २ अर्ब १८ करोड, सानिमा लाइफको १ अर्ब ९२ करोड, प्रभु लाइफको १ अर्ब ७६ करोड र महालक्ष्मी लाइफको १ अर्ब ३३ करोड रुपैयाँ जीवन बीमा कोषमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS