काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २,७८० दशमलव ८१ को विन्दुका कायम भएको छ । आज म्युचअल फण्ड, फाइनान्स कम्पनी, होटल्स एण्ड टुरिजम, ट्रेडिङ र बैंकिङ उपसूचक बढेका छन् भने बाँकि उपसूचक घटेका छन् । आज दिनभरिमा २ सय १४ वटा कम्पनीको २ करोड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको करोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको ५५ करोड ६९ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ३७ रुपैयाँले घटेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २० रुपैयाँले बढेको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै समता लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै ङादी ग्रुपका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ८८ प्रतिशतका दरले गुमाएका छन् ।