काठमाडौं । आज आइतवार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला १ हजार ३३० रुपैयामा कारोबार भएको चाँदी आइतवार १ हजार ३५० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।