काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बैशाख ६ गतेबाट निष्काशन तथा बिक्री खुल्ला भएको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।