काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १० दशमलव १३ प्रतिशतले बढेर २६८४ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १८ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाईड्रोपावरको शेयर २५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै समता लघुवित्त र दिव्यश्वरी हाईड्रोपावरका १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। रिदि हाईड्रोपावरको शेयर २ दशमलव ०९ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।