Connect IPS
IME Life

महालक्ष्मी लाइफको बीमा शुल्क आर्जन शतप्रतिशतले सुधार, नाफा ६ करोड ६८ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९९.५१ प्रतिशतले बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ७८ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

बीमा शुल्क आर्जन सँगै जारी भएको बीमालेखको संख्या पनि १६२ प्रतिशतले बढेको छ । तेस्रो त्रैमासिक अवधिसम्ममा कम्पनीले २३ हजार २१९ वटा जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ८ हजार ८७२ वटा जीवन बीमा पोलिसी बिक्री गरेको थियो ।

Prabhu
Crest

जीवन बीमा  व्यवसाय विस्तार सँगै यस वर्ष दाबी भुक्तानी पनि बढेको छ । गत वर्षको यहि अवधिमा तीन वटा पोलिसीमा मात्रै दाबी परेकोमा यस वर्ष ७ वटा पोलिसीको मृत्यु दाबी भुक्तानी गर्नु परेको छ । कम्पनीले ९ महिनाको अवधिमा २ करोड ८२ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

कम्पनीले आफ्नो जीवन बीमा कोष १७१ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोष एक अर्ब ३३ करोड रुपैयाँको भएको छ । गत वर्ष यस्तो कोषमा ४९ करोड १९ लाख रुपैयाँ जम्मा भएको थियो । कम्पनीले दिर्घकालिन क्षेत्रमा मात्रै २ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । विभिन्न क्षेत्रमा कर्जा लगानी गरे बापत ७ करोड १८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS