Connect IPS
IME Life

लाइफ इन्स्योरेन्स कर्पोरेशनको बीमा शुल्क आर्जन ३१ प्रतिशतले बढ्यो, मुनाफा १५ करोड ३७ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३१.८० प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा १३ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा खुद बीमा शुल्क आर्जन १० अर्ब ३१ करोड रुपैयाँ थियो ।

बीमा शुल्क आर्जन सँगै मुनाफा पनि ४२.८५ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा १५ करोड ३७ लाख रुपयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफामा सुधार सँगै प्रति शेयर आम्दानी पनि २ रुपैयाँले बृद्धि भएको छ । जवकी कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेको छ ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ छ भने जगेडा कोषमा ६१ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको जीवन बीमा कोष थप १६ प्रतिशतले बढेर ७७ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

यस वर्ष खुद दाबी भुक्तानी १२० प्रतिशतले बढेको छ । कम्पनीले चैत मसान्तसम्ममा ६ अर्ब तीन करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २ अर्ब ७४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS