Connect IPS
IME Life

एशियन लाइफको नाफा ३९ प्रतिशतले बढ्यो, हालसम्मको बीमा शुल्क आर्जन २९ अर्ब ४४ करोड भन्दा माथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३९ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले ९ महिनाको अवधिमा १८ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १३ करोड ७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले विभिन्न क्षेत्रमा कर्जा लगानी गरेर एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब १० करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले दिर्घकालिन क्षेत्रमा गरेको लगानी घटाएर अन्य क्षेत्रमा लगानी बढाएको छ । कम्पनीको दिर्घकालिन क्षेत्रमा १४ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको छ ।

Prabhu
Crest

कम्पनीले जीवन बीमा व्यवसाय गरेर यस वर्ष खुद बीमा शुल्क आर्जन ४८ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले यस वर्ष ४ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । स्थापनाकालदेखि हालसम्म कम्पनीले २९ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । यस वर्षको कुल बीमा शुल्क आर्जन भने ४ अर्ब ६३ करोड रुपैयाँ छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब एक करोड रुपैयाँ छ । जगेडा कोषमा ७३ करोड ४ लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा २५ अर्ब ४२ करोड रुपैयाँ जम्मा भैसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS