Connect IPS
IME Life

गुराँस लाइफको खुद बीमा शुल्क आर्जन १२२ प्रतिशतले बढ्यो, मुनाफा १० करोड ४२ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा खुद बीमा शुल्क तथा कुल बीमा शुल्क आर्जन १२२ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले यहि अवधिमा तीन अर्ब एक करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने एक अर्ब ३५ करोड रुपैयाँ थियो ।

त्यस्तै हालसम्म कम्पनीले १३ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस वर्ष कुल बीमा शुल्क आर्जन पनि तीन अर्ब चार करोड रुपैयाँ छ । कम्पनीले यस वर्ष बीमा शुल्क आर्जनमा छलाङ मारेको छ । तर बीमा पोलिसी संख्या भने २२ प्रतिशतले घटेको देखिन्छ । गत वर्षको यहि अवधिमा २ लाख २ हजार ३५६ वटा बीमा पोलिसी बिक्री गरेकोमा यस वर्ष एक लाख ५६ हजार ९८९ वटा पोलिसी बिक्री गरेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको ९ महिनामा १० करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको भन्दा २४ प्रतिशतले नाफा बढाएको कम्पनीले गत वर्षको यहि अवधिमा भने ८ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । विभिन्न क्षेत्रमा कर्जा लगानी गरेर ६२ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ ।

चुक्ता पूँजी ११० प्रतिशतले बढेर एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । बीमा समितिले निर्देशन गरे अनुसार २ अर्ब रुपैयाँ पुग्न अझै २ करोड ४४ लाख रुपैयाँ आवस्यक पर्ने देखिन्छ । पूँजी सँगै जगेडा कोष पनि ४२ प्रतिशतले बढेको छ । जगेडा कोषमा ५२ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै जीवन बीमा कोष पनि ४२ प्रतिशतले नै बढेको छ । जीवन बीमा कोषमा १० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी भने ११ रुपैयाँबाट ७ रुपैयाँमा खुम्चिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS