काठमाडौं । अपर तामाकोशीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५० लाख रुपैयाँ घाटामा छ । दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको यस कम्पनीले आँउदो जेठ महिनाको दोस्रो हप्ताबाट मात्र बिद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।चैतसम्ममा हेर्दा कम्पनीको ४० अर्ब ५ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत १ लाख ३० हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ८२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।कम्पनीको प्रतिशेयर आम्दानी ३३ पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिशेयर आम्दानी १९ पैसा ऋणात्मक थियो । यसको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा छ ।