IME Life New

एनआईबिएल समृद्धि फण्ड -२ को इकाई बाडँफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित “एनआईबिएल समृद्धि फण्ड–२ को इकाई बाडँफाँड भएको छ । एनआइबिएल एस क्यापिटलले शुक्रबार इकाई बाँडफाँड गरेको जनाएको छ ।

क्यापिटलले बैशाख १३ गतेदेखि रु १० अङ्कित दरको १२ करोड इकाईहरु निष्काशन गरेकोमा यसमा आवश्यकता भन्दा अधिक इकाईहरुको लागि आवेदन परेको थियो । क्यापिटलका अनुसार सर्वसाधारण आवेदकहरुबाट (बीज पूँजी बाहेक) कुल ६७ हजार ७६ आवेदन फाराम मार्फत जम्मा १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन प्राप्त भएकोमा ६४,५१४ आवेदन फाराम मार्फत जम्मा १४ करोड ५२ लाख ९५ हजार ४०० इकाईका लागि रितपूर्वकआवेदन प्राप्त भएकोे थियो ।

Esewa
Crest

कुल २ हजार ५६२ आवेदन फाराम मार्फत जम्मा १ करोड १० लाख ८ हजार ५९० इकाईको लागि रितपूर्वक आवेदन प्राप्त नभएकोले रद्ध गरिएको र रितपूवक आवेदन प्राप्त भएकोे मध्येबाट कुल ३३ आवेदन मार्फत जम्मा १६ हजार ६३० इकाईको लागि प्राप्त आवेदन दोहोरो परेकोले अयोग्य भएको क्यापिटलले जनाएको छ ।

योजनाको कुल आकार १ अर्ब ५० करोडको जम्मा २० प्रतिशत बीज पूँजीको रुपमा लगानी गर्नु पर्ने रकम ३० करोड रकम मध्ये २९करोड रकम बराबरको २ करोड ९० लाख इकाई कोष प्रबद्र्धक नेपाल इनभेष्टमेण्ट बैंकको लागि छुट्याईएको थियो ।

१ करोड रकम बराबरको १० लाख इकाई योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाडँफाँड गर्नु पर्ने जम्मा १२ करोड इकाईहरु ६४ हजार ४८१ जना सर्वसाधारणहरुलाई गरी कुल ६४ हजार ४८३ जना आवेदकहरुलाई जम्मा १५ करोड इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

३० लाख इकाईको लागि आवेदन दिनेले माग बमोजिम  इकाई पाएका छन् । ४० लाख देखि १ करोड इकाईको आवेदन दिनेले समान ३६ लाख ७२ हजार १ सय २३ इकाई पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS