काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाश्न गरेको छ । वर्षको तेस्रो त्रैमाससम्म २ करोड ९५ लाख ४६ हजार खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यसवर्ष कम्पनीको खुद नाफा ५५ दशमलव ५३ प्रतिशत कमी भएको हो । गत वर्ष उक्त अवधिसम्म कम्पनीले ६ करोड ६४ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ३० करोड ७१ लाख ५५ हजार सञ्चालन आम्दानी गरेको थियो भने यस वर्ष संचालन आम्दानी २६ करोड ७१ लाख ५० हजारमा सिमित भएकोे छ । सञ्चालन आम्दानी गत वर्षभन्दा यस वर्ष १३ प्रतिशतले घटेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रहेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम ११ करोड ५ लाख ९६ हजार ऋणात्मक रहेको छ । गत वर्षभन्दा यसवर्ष जगेडा कोषको रकम ३० प्रतिशतले कमी हो । गत वर्ष कम्पनीको जगेडा कोषमा १५ करोड ७२ लाख ७७ हजार थियो ।
यस वर्ष कम्पनीको प्रत्यक्ष खर्च भने १४० प्रतिशत बढी भएको छ । गतवर्ष यो शिर्षकमा ७६ लाख ३२ हजार खर्च गरेको कम्पनीले यस वर्ष । १ करोड ८३ लाख १८ हजार खर्च गरेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ५१ पैसा रहेको छ ।