काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५२ लाख ७२ हजार खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ करोड १७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ५५ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा कमी हो ।
गत आर्थिक वर्ष कम्पनीले ६ करोड ५५ लाख ८६ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यसवर्ष ४ करोड ५८ लाख २२ हजार मात्र आम्दानी गरेको छ । यसवर्ष विद्युत विक्रीबाट हुने आम्दानी ३० प्रतिशत कम भएकाले पनि खुद नाफामा कमी आएको हो ।
चुक्ता पूँजी बढाएर २६ करोड ७९ लाख ७ हजार र्पुयाएको कम्पनीको जगेडा कोषमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले रकम घटेको छ । गत वर्ष१ करोड १७ लाख १ हजार रहेको जगेडा कोषमा रकम यस वर्ष ८० लाख ६६ हजारमा सिमित भएको छ ।
यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ १०३ दशमलव शून्य १ रहेको छ ।