IME Life New

हवाई उडान सम्बन्धी मन्त्रिपरिषदका ५ निर्णय, बैशाख मसान्तसम्म सम्पुर्ण उडान बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिपरिषदले आज राति १२ बजेदेखि बैशाख मसान्तसम्म नियमित आन्तरिक हवाई उडान स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले बैशाख २३ गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल  सुविधा अन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुईवटामा सीमित गर्ने निर्णय गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन तयार पार्ने पर्ने भएको छ ।

Esewa
Crest

होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारी समक्ष कारबाहीको लागि लेखी पठाउने व्यवस्था गरिएको छ । कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाइ बोर्डिङ पास दिइ यात्रा गराएमा सो उयडानका सबै यात्रुको क्ववारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था गरिएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा गापदण्डको पूर्ण पालना हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति जारी गर्ने छ ।

चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गर्ने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS