काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ८२ अंकले बढेर २,६११ दशमलव १० को विन्दुमा कायम हुँदा सबैभन्दा धेरै सिङगटी हाइड्रोपावर कम्पनी र महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एनआरएन कम्पनीका लगानीकर्ताले ७ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी आज सबैभन्दा धेरै श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले २ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।