काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ८२ अंकले बढेर २,६११ दशमलव १० को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै ट्रेडिङ उपसूचक ३ दशमलव ४८ प्रतिशतले बढेको छ ।
आज दिनभरिमा २ सय १७ वटा कम्पनीको ९८ लाख १८ हजार ४६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँको शेयर कारोबार हुँदा एनसीसी बैंकको ३० करोड ९६ लाख ९४ हजार रुपैयाँको शेयर करोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी हिमालयन पार्टनर पावर कम्पनीको १६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १६ करोड ६४ लाख रुपैयाँको शेयर करोबार भएको छ ।
आज सबैभन्दा धेरै सिंगटी हाइड्रोपावर कम्पनी र महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले २ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।