Connect IPS
IME Life

एनआईविएल समृद्धि फण्ड दुईको १० वर्षमा ११४ प्रतिशत प्रतिफल दिने प्रक्षेपण, माग भन्दा बढिको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईविएल समृद्धि फण्ड दुईको सार्वजनिक निष्काशनमा पहिलो तीन दिनमै माग भन्दा बढिको आवेदन परिसकेको छ । १० वर्ष अवधिको बन्दमुखी यस म्युचुअल फण्डले ११४ प्रतिशत लाभांस वितरण गर्ने प्रक्षेपण गरेको छ ।

फण्डले सञ्चालन भएको पहिलो वर्षमै १० प्रतिशत लाभांस दिने प्रक्षेपण गरेको छ । सुरुको वर्षमा ९७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने योजना बनाएको यस फण्डले १० वर्ष पछि २ अर्ब १६ करोड रुपैयाँ पुर्याउने योजना बनाएको छ ।

Prabhu
Crest

एक अर्ब २० करोड रुपैयाँको आधार रहेको यस फण्डको न्याभ भ्यालु १० वर्ष पछि दोब्बर भन्दा बढि हुने र लगानीकर्ताले दोब्बर भन्दा धेरै रकम फिर्ता पाउने छन् । अहिले गरिएको लगानीबाट लाभांस बापत ११४ प्रतिशत र योजना समाप्ति हुँदा पनि अहिले लगानी गरेको भन्दा धेरै रकम प्राप्त गर्न सक्ने योजना व्यवस्थापकको प्रक्षेपण रहेको छ ।

यस योजनामा लगानी गर्नेले उच्चतम प्रतिफल प्राप्त गर्न सक्ने एनआईविएल एस क्यापिटलका सहायक महाप्रवन्धक सचिन्द्र ढुंगानाले जानकारी दिए । एनआईविएल एस क्यापिटलले बन्दमुखी सँग सँगै खुलामुखी योजना पनि सञ्चालन गरिरहेको छ । दोस्रो बजारबाट अधिकतम लाभ लिन सफल यस क्यापिटलले फण्ड व्यवस्थापन गरेर लगानीकर्ताहरुलाई अधिकतम प्रतिफल प्रदान गरिरहेको छ । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS