काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कम्पनी सचिवमा सुदिप खड्का नियुक्त भएका छन् । कम्पनीको बैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सोही बैठकले यस अघिका कम्पनी सचिव रमेश अधिकारीको राजिनामा समेत स्वीकृत गरेको कम्पनीले जनाएको छ ।