काठमाडौं । नेपालमा थप ४ हजार ७७४ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टा भित्र १३ हजार ८७९ जनामा गरिएको परिणक्षणबाट चार हजार ७७४ जनामा संक्रमण भेटिएको हो । मंगलबार पनि कोरोना संक्रमितको संख्या ४ हजार ३६४ जना थपिएका थियो ।
कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि काठमाडौं जिल्ला प्रशासनले भोलिदेखि निषेधाज्ञा जारी गर्दै छ । काठमाडौं सहित १३/१४ वटा स्थानीय तहले कोभिड नियन्त्रण तथा रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा जारि गरेका छन् । सबैभन्दा धेरै संक्रमण काठमाडौं उपत्यका तथा सिमा नाकाका जिल्लामा देखिएको छ ।