नेप्से साताको तेस्रो दिन १ दशमलव ३६ अङ्कले घटेर ११८५ दशमलव ९१ अङ्कमा बन्द भएको छ । कारोबार रकम २२ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
निर्जीवन बीमा, जीवन बीमा र माइक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स क्षेत्रको परिसुचमा ० दशमलव १७ प्रतिशतको वृद्धि आएको छ ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २१ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै कालिका लघुवित्त वित्तीय सस्थाको सेयरमा ९ दशमलव ९१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा सांग्रीला डेभलपमेन्ट बैंकको शेयर २ दशमलव ९८ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव १७ प्रतिशतले बढेको छ भने ५ हजार ६ सय ७५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०१ प्रतिशतले बढेर ६ हजार १ सय २ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।