Connect IPS
IME Life

निषेधाज्ञामा बीमा कम्पनीहरु बन्द नहुने, सुरक्षाको उपाय अपनाएर सञ्चालन गर्न बीमा समितिको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले चैत १६ गतेदेखि गर्न लागेको निषेधाज्ञामा बीमा कम्पनीहरु खुलै रहने भएका छन् । जिल्ला प्रशासनले बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने निर्णय गरेको छ ।

प्रशासन कार्यालयले भने जस्तै बीमा कम्पनी पनि वित्तीय संस्था अन्तर्गत नै पर्ने भएकाले बन्द नहुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । स्वास्थ्य सुरक्षाका उपाय अपनाएर कम्पनीले आफ्ना कर्मचारीलाई सुरक्षित रुपमा काम लगाउन सक्ने पौडेलले जानकारी दिए ।

Prabhu
Crest

बीमा समितिले गत ९ गते जारी गरेको निर्देशनका आधारमा काम कारबाही गर्न अनुरोध गरेको छ । सेवाग्राहीको आवतजावत नियन्त्रणका लागि सकेसम्म अनलाइन माध्यमबाटै सेवा प्रवाह गर्न समितिले निर्देशन दिएको छ । कतिपय बीमा कम्पनीका कर्मचारीहरुलाई कोरोना संक्रमण देखिसकेको छ । सेवाग्राहीलाई सेवा दिन कर्मचारीहरुको कार्य विभाजन गरी कार्यालय समयमा सकेसम्म कम कर्मचारीहरुको उपस्थिति गराई सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको पौडेलले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को दोस्रो लहरले नेपालमा पनि पछिल्लो समय व्यापक रुपमा प्रभाव पार्न थालिसकेको छ । संक्रमितको दर दिन दिनै बढ्न थाले पछि स्थानीय निकायहरुले लकडाउन तथा निषेधाज्ञा जारी गरिरहेका छन् । सरकारले देशभरका सम्पुर्ण विद्यालय तथा विश्व विद्यालय नै बन्द गरिकेको छ । पुर्व निर्धारित परिक्षालाई समेत स्थगित गर्न सरकारले निर्देशन दिएको छ । बढ्दो संक्रमण रोक्न तथा कम गर्न सरकारको एक मात्रै विकल्प सार्वजनिक रुपमा आवतजावत तथा मुभमेन्ट कम गर्ने नै हो । यसका लागि अत्यावस्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने अवस्थामा सरकार छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS