IME Life New

ब्रोकरहरुलाई भौतिक उपस्थिति कम गर्न नेप्सेको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले कोरोना महामारीको संक्रमणलाई न्यूनिकरण गर्न भौतिक आवागमनलाई कम गर्न सम्पुर्ण ब्रोकरहरुलाई निर्देशन दिएको छ । सदस्य दलाल तथा धितोपत्र व्यापारीले नेप्से सँग गर्नुपर्ने कामकारबाहीका लागि भौतिक उपस्थितिलाई सम्भव भएसम्म कम गर्न यस्तो निर्देशन दिएको हो । नेप्सेमा पेश गर्नु पर्ने कागजातहरु यथासम्भव इमेल मार्फत अभौतिक रुपमा पठाउन निर्देशन दिइएको छ ।

ब्रोकरहरुले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंक मार्फत इमेल पठाउन लगाउने र सोको जानकारी नेप्सेले उपलब्ध गराएको वेवसाइट मार्फत पठाउनु पर्नेछ । संस्थापक शेयरको कारोबार गर्न गराउन सदश्य दलालले आवश्यक सम्पुर्ण कागजात संकलन गरिसकेपछि मात्रै नेप्सेमा पेश गर्नु पर्नेछ । ब्रोकरले नेप्सेबाट प्राप्त पत्रहरुको प्रत्युत्तर एवं सदश्य संग सम्बन्धित अन्य कै पनि विवरण एवं जानकारी गराउँदा वा पत्राचार गर्दा तोकिएको इमेलमा पठाउनु पर्नेछ ।

Esewa
Crest

ब्रोकरहरुले कार्यालयन सञ्चालन गर्दा कारोबार महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने सावधानीका सम्बन्धमा विश्व स्वास्थ्य संगठन नेपाल सरकार तथा नेपाल धितोपत्र बोर्डले जारी गरेका निर्देशन तथा सिफारिशहरु कडाईका साथ पालना गर्नु पर्नेछ ।

शेयर खरिद बिक्री पश्चात तोकिएको समयावधी भित्र लगानीकर्तालाई शेयर तथा रकम सहज ढंगले उपलब्ध गराउने व्यवस्था गर्नु पर्नेछ । ब्रोकरहरुले धितोपत्र कारोबारका सन्दर्भमा लगानीकर्ताहरुलाई अनलाईनको प्रयोग गर्न समेत प्रोत्साहित गर्न नेप्सेले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS