IME Life New

प्रभु क्यापिटलद्वारा विद्यालय तथा फाउण्डेसनलाई कम्प्युटर र सिपियु हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले चैत २९ गते पोखरा स्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट सहयोग प्रदान गरेको छ । सोही दिन क्यापिटलले अर्को सामाजिक संस्था कर्म फ्लाइट्स फाउण्डेसनलाई थप १० वटा कम्प्युटर सिपियु सहयोग वितरण गरेको छ ।

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस भन्ने उद्देश्यले पोखरामा एक कार्यक्रमको आयोजना गरी विद्यालय तथा फाउण्डेसनलाई सहयोग गरेको जनाएको छ ।

Esewa
Crest

कार्यक्रमका प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले प्रभु क्यापिटलको यो सानो सहयोगले दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु माझ कम्प्युटरको प्राविधिक ज्ञान अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने विश्वास रहेको बताए ।

यसै गरी कार्यक्रमका प्रमुख प्रभु क्यापिटलका लगानी हेड भवन कर्माचार्यले क्यापिटलले आफ्नो व्यवसायको सञ्चालनका साथै सामाजिक क्षेत्रमा पनि सक्दो योगदान गर्दै आएको र आगामी दिनहरुमा पनि आवश्यक क्षेत्रमा कम्पनीले यस्तो कार्यलाई निरन्तरता दिइने बताए ।

कर्म फ्लाइट्स फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले प्रभु क्यापिटलले वितरण गरेको १० वटा सिपियुलाई कर्म फ्लाइट्स फाउण्डेसनले मनिटरको समेत व्यवस्था गरी ५ वटा बाग्लुङ्ग र ५ वटा गोरखाका विद्यालयहरुमा वितरण गर्ने जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS