काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।
आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार सिंगटी हाइड्रो इनर्जीको वेबसाइट http://singatihydro.com/ , बिकी प्रबन्धक बिकी प्रबन्धक मेगा क्यापिटलको वेबसाइट , https://megacapitalmarkets.com/ , सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/loginर सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्ने सकिने छ ।
आईपिओमा १५ लाख ६५ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको र ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य आवेदक १५ लाख ५९ हजार ८ सय २ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जसमध्ये २ लाख ६९ हजार ७ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकको हात खाली भएको छ ।