Connect IPS
IME Life

मेरो शेयरमा समस्या देखिदा मर्चेन्ट बैंकमा डिआइएस चेकको चाङ, समाधान हुन एक साता लाग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेरो शेयरमा समस्या देखिदा मर्चेन्ट बैंकहरुमा ‘डिआइएस’ चेकको चाङ लाग्न थालेको छ । सिडिएससीले केहि दिनदेखि मेरो शेयरको अनलाइन एप्लिकेसन अपग्रेड गरिरहेको छ । एप्लिकेसन अपग्रेड गर्ने क्रममा ‘इ डिआइएस’ले काम नगर्दा लगानीकर्ताहरु मर्चेन्ट बैंकमा धाउन बाध्य भएका हुन् ।

लगानीकर्ताले शेयर बिक्री गरेको एक दिन भित्रमा राफसाफका लागि ‘इ डिआइएस’को काम गरिसक्नु पर्छ । तर लगानीकर्ताले एक दिन भित्रमा मेरो शेयरबाट ट्रान्सफर गर्न सकेनन् भने डिम्याट खाता रहेको मर्चेन्ट बैंकमै पुगेर डिआइएस चेक पेश गर्नु पर्छ । यदि समयमा शेयर ट्रान्सफर भएन भने लगानीकर्ता क्लोज आउटमा पर्छन् । क्लोज आउटमा पर्ने लगानीकर्ताले २० प्रतिशत हर्जना तिर्नु पर्छ ।

Prabhu
Crest

मेरो शेयरबाट सजिलै शेयर ट्रान्सफर हुँदै आएकोमा सिडिएससीले मेरो शेयरको एप्लिकेसन अपग्रेड गर्न खोज्दा समस्या देखिदै आएको छ । अपग्रेड गर्ने क्रममा कुनै कुनै समयमा मात्रै शेयर ट्रान्सफर नहुने समस्या देखिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

मेरो शेयरमा धेरै नै समस्या देखिए पछि क्षमता बढाउने तर कतिपय फिचर नै परिवर्तन गर्ने काम भैरहेको न्यौपानेले जानकारी दिए । मेरो शेयरको एप्लिकेसन एक पटकमा २५ हजारले मात्रै हेर्न सक्छन् । सिडिएससीले सर्भरको क्षमता बढाउने लगायतका कामहरु गरिरहेकाले केहि दिनमा यसको क्षमता कति रहने भन्ने थाहा हुनेछ । अवको एक हप्तामा लगभग अपग्रेडको काम सकिने न्यौपानले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS