IME Life
GBIME

बीमा कम्पनीको शेयर घट्न थालेपछि लगानीकर्ताहरु हाइड्रोपावरमा सिफ्ट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बीमा कम्पनीको शेयर घट्न थाले पछि लगानीकर्ताहरु हाइड्रोपावरको शेयरमा सिफ्ट भएका छन् । पछिल्लो समय बीमा कम्पनीको शेयरमा लगातार सुधार भैइरहेको थियो । बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने आकलन सँगै दोस्रो बजारमा तातिरहेको अवस्थामा अजोड इन्स्योरेन्सको इन्साइडर कारोबारको विषयले समग्र बीमा कम्पनीको शेयर मूल्यमै गिरावट देखिएको छ ।

बीमा कम्पनीका लगानीकर्ता जलविद्युतको शेयरमा आकर्षित हुँदा मंगलबार हाइड्रोपावरको सूचक ४.४६ प्रतिशलते बढेको छ । यस सँगै होटल तथा पर्यटनको सूचकमा पनि उल्लेख्य सुधार देखिएको छ ।

Crest

मंगलबार कारोबार सुरु भएको केहि समय तल झरेको नेप्से सूचक अन्तिमसम्ममा १५ दशमलब ७२ अंकले सुधार भएको छ । नेप्से सूचक अहिलेसम्मकै सर्वाधिक २६७४.४७ अंकमा पुगेर रोकिएको छ । नेप्से सूचकले नयाँ रेकर्ड बनाउदा कारोबार रकम भने ७ अर्ब ४७ करोड रुपैयाँको भएको छ । मंगलबार १०६ वटा कम्पनीको मूल्य बढ्दा ५७ वटाको भने घटेको छ ।

मंगलबार सबैभन्दा धेरै बढ्ने १० कम्पनीकै मूल्यमै सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउने क्रममा साल्ट ट्रेडिङ शेयरमा नकारात्मक सर्किट लागेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS