Connect IPS
IME Life

साल्ट ट्रेडिङले ७० प्रतिशत लाभांस दिने हल्लामा शेयर किन्ने डुवानमा, २५ प्रतिशतमै सिमित गरे पछि नकारात्मक सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले ७० प्रतिशत लाभांस दिने हल्लाको भरमा शेयर किन्नेहरु डुवानमा परेका छन् । बजारमा हल्ला चले जस्तै कर्पोरेसनले लाभांस घोषणा नगरे पछि मंगलबार दोस्रो बजारमा कर्पोरेसनको शेयर मूल्य १० प्रतिशतले गिरावट भएको छ ।

करिव एक महिना अगाडिदेखि कर्पोरेसनले ७० प्रतिशत भन्दा धेरै लाभांस घोषणा गर्ने हल्ला चलिरहेको थियो । यहि हल्लाले दोस्रो बजारमा कर्पोरेसनको शेयर मूल्य ८ हजार रुपैयाँबाट १३ हजार रुपैयाँ नाघ्यो। दोस्रो बजारमा शेयर सप्लाइ धेरै नै कम भएकाले कर्पोरेसनको शेयर लगातार बढिरहेको छ । थोरै शेयर हुँदा कर्नरिङ गरेर बढाउने र बिक्री गर्ने ट्रेण्डले गर्दा सामान्य हल्लाले पनि कर्पोरेसनको शेयर मूल्य आकासिने गरेको छ ।

Prabhu
Crest

दोस्रो बजारमा विगत तीन महिनामा कर्पोरेसनको शेयर मूल्य

तीन महिना अगाडि ८ हजार देखि १० हजारको हाराहारीमा स्थिर रहेको मूल्य लाभांसको हल्ला पछि एका एक मूल्य बढ्न थालेको थियो । यसै क्रममा कर्पोरेसनको शेयर मूल्य अधिकतम १३ हजार ३१७ रुपैयाँसम्म पुगेको थियो । हिजो मात्रै सार्वजनिक भएको लाभांसको सूचना आउनु भन्दा एक दिन अगाडि भने मूल्य घटेको देखिन्छ । हल्लामा भए जस्तो लाभांस आउन नसक्ने देखिए पछि गत आइतबार भने मूल्य घटेको देखिन्छ ।

कर्पोरेसनले विगत १० आर्थिक वर्षमा वितरण गरेको लाभांसको विवरण 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS