काठमाडौं । रु रु जलविद्युत परियोजनाले निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा बढिको आवेदन परे पछि आजदेखि बिक्री बन्द गर्ने भएको छ । परियोजनाले निष्काशन गरेको प्राथमिक शेयरमा ५० गुणा भन्दा धेरै आवेदन परिसकेको छ ।
हालसम्म १३ लाख भन्दा धेरै लगानीकर्ताले एक करोड ९० लाख कित्ता भन्दा धेरैका लागि आवदेन दिएका छन् । माग भन्दा बढिको आवेदन परे पछि आज बैंकिङ समयसम्म मात्रै बिक्री खुला गर्ने भएको हो । परियोजनाले १ सय रुपैयाँ अंकित दरमा २० रूपैयाँ प्रिमियम सहित प्रतिकित्ता १ सय २० रूपैयाँका दरले ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन तथा विक्री खुला गरेको छ ।
परियोजनाले विक्री खुला गरेको कुल आइपीओ मध्ये ८ हजार १५४ कित्ता (२ प्रतिशत) कर्मचारीलाई र २० हजार ३८५ सय कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड– ३ रेटिङ प्रदान गरेको छ । ग्रेड– ३ रेटिङले अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाह र मेरो शेयरको एपबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको प्राथमिक शेयरमा ५० गुणा भन्दा धेरैको आवेदन परिसकेकाले १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु पर्दैन । सर्वसाधारणका लागि छुट्टाइएको शेयर मध्येबाट ३७ लाख ९१ हजार ६७० जनाले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्न सक्छन् । तर अहिलेसम्ममा १३ लाख भन्दा धेरैको आवेदन परिसकेको छ ।