Connect IPS
IME Life

बीमा समितिले तथ्याङ्क व्यवस्थापनका लागि छनोट गर्यो चार्टर्ड एकाउन्टेन्ट, तथ्याङ्कशास्त्री र सूचना प्रविधि अधिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले तथ्याङ्क व्यवस्थापनका लागि दुई चार्टर्ड एकाउन्टेन्ट, एक तथ्याङ्कशास्त्री र दुई सूचना प्रविधि अधिकृतलाई करार सेवामा नियुक्त गरेको छ । समितिले चैत २२ गते लिएको अन्तर्वार्ताका आधारमा सफल उम्मेदवारहरुलाई सात दिन भित्र समितिको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

समितिले लिएको अन्तर्वार्ताका आधारमा देवन्द्र धिताल र मिलन सिग्देललाई चार्टर्ड एकाउन्टेन्ट पदमा नियुक्त गरेको हो । उपमा पराजुली र अनु कार्की भने बैकल्पिकमा परेका छन् । त्यस्तै तथ्याङ्कशास्त्री पदका लागि भने बसन्त प्रसाद बोहोरालाई छनोट गरिएको छ । यस पदका लागि बैकल्पिक उम्मेदवारमा भने शशी भुषाल र शिशिर रेग्मी रहेका छन् ।

Prabhu
Crest

सूचना प्रविधि अधिकृत पदमा दिनेश कुमार भट्ट र सरोज पोखरेललाई नियुक्त गरेको छ । अमित झा भने बैकल्पिकमा परेका छन् । बीमा समितिले तथ्याङ्कको काम गर्न जनशक्ती कम भएको भन्दै करार अवधिका लागि नियुक्त गरेको हो ।

समितिले चैत १३ गते आवेदकहरु मध्येबाट संक्षिप्त सूची ‘सर्ट लिस्टिङ’ तयार पारेको थियो । सोहि सर्ट लिस्टिङमा परेका उमेदवारलाई चैत २२ गते अन्तर्वार्ता लिएको हो । अन्तर्वार्ता लिएका मध्येबाट सफल उम्मेदवारलाई करारमा नियुक्तीका लागि छनोट गरिएको समितिले जनाएको छ।

बीमा समितिले उपलब्ध गराउने तथ्याङ्क प्रशोधनमा समस्या देखिए पछि सम्बन्धित क्षेत्रका दक्ष जनशक्तीको आवस्यकता रहेको समितिले जनाएको छ । समितिले केन्द्रिकृत तथ्याङ्का लागि नयाँ सफ्टवेर निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS