काठमाडौं । आज नेप्सेमा ३ कम्पनीको १२ लाख ७४ हजार भन्दा बढी कित्ता शेयर सूचिकृत भएको छ । ङादी ग्रुप पावर लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सूचिकृत भएको हो ।
ङादी ग्रुप पावर लिमिटेडको ५ लाख ३५ हजार ५५४ दशमलव ८० कित्ता बोनश शेयर सूचिकृत भएको छ । इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड को ६ लाख १० हजार ९९८ दशमलव ७९५० कित्ता बोनश शेयर सूचिकृत भएको छ ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख २७ हजार ५५७ कित्ता बोनश शेयर सूचिकृत भएको छ ।