IME Life New

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल  मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको छ । ईण्डियन आयल कर्पोरेशनले कायम गरेको मूल्यका आधारमा निगमले स्वचालित रुपमा मूल्य बृद्धि गरेको हो । मूल्य बृद्धि सँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १०३ रुपैयाँ कायम गरिएको छ । एल.पि ग्याँस तथा हवाई ईन्धको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै कायम गरिएको छ ।

मूल्य समायोजन पश्चात पनि अर्ध मासिक रुपमा एक अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजन पश्चात पनि निगमलाई पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ ३९ पैसा, डिजेलमा प्रति लिटर एक रुपैयाँ ९४ पैसा तथा एलपि ग्याँसमा प्रति सिलिण्डर ४१८ रुपैयाँ ४७ पैसा घाट रहेको साथै पाक्षिक रुपमा भने ६० करोड १३ लाख रुपैयाँ घाटा रहेको अवस्था छ । यो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थान गरिनेछ । हालको मूल्य समायोजन पश्चात पनि भारतिय सीमाको सक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा नेपालको तुलनामा पेट्रोल प्रति लिटर ३० रुपैयाँ ४७ पैसा र डिजेल प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS