काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ७१ अंकले बढेर २,६५७ दशमलव ६१ को विन्दुमा कायम हुँदा सबैभन्दा धेरै वोमी लघुवित्त वित्तीय संस्था र जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताहरुले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, राधी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । आइएमई जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।