काठमाडौं । आज ८ अर्ब ७७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै निफ्राको ४६ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ दशमलव ३५ प्रतिशतले घटेको छ । अपर तामाकोशीको २८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १ दशमलव ९३ प्रतिशतले घटेको छ ।
त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको २६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४ दशमलव ४० प्रतिशतले बढेको छ । नविल बैंकको २३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।