काठमाडौं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो चैत २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशतले हुन आउने २७ करोड बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ८ दशमलव ८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १ सय ५ रुपैयाँ २६ पैसा बराबरको नगद गरि कुल १७ दशमलव ८९७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृत गरेपछि कम्पनीले आगामी साधारणसभामा प्रस्ताव पेश गर्ने छ । साधारणसभाले उक्त लाभांस पारित गरे पछि मात्रै लगानीकर्ताले प्राप्त गर्ने छन् ।