काठमाडौं । विज्ञापन प्राधिकरणको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा हुमागाईंलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन् ।
नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक हुमागाईं खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्येबाट नियुक्त भएका हुन् ।