काठमाडौं । नागरिक स्टक डिलरले आजदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ । डिलरले मंगलबार एक करोड ३२ लाख रुपैयाँको कारोबार गरेको छ । डिलरले यस भन्दा अगाडि शेयर खरिद मात्रै गर्दै आएकोमा आजदेखि दोस्रो बजारबाटै देखिने गरि कारोबार सुरु गरेको हो । कम्पनीले १९ वटा कारोबार गर्दा १७ वटा बिक्री गरेको छ ।
डिलरले मंगलबार नविल बैंकको ५ हजार कित्ता शेयर बिक्री गरेको छ । त्यस्तै छिमेक लघुवित्तको ४ हजार कित्ता शेयर बिक्री गरेको छ । आरएसडिसी लघुवित्तको शेयर भने ४७१ कित्ता खरिद गरेको छ । नेप्सेले नागरिक स्टक डिलरले कारोबार गर्न पाउने कम्पनीको सूचि तयार पारिदिएको छ ।
डिलरले उक्त सूचिमा भएका कम्पनीहरुको मात्रै कारोबार गर्न पाउने नेप्सेले जनाएको छ ।