काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । आज ६ अर्ब १८ करोडमाथिको शेयर कारोबार हुँदा निफ्राको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४८ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ दशमलव ३१ प्रतिशतले घटेको छ ।
त्यस्तै, निर्धन उत्थान लघुवित्तको ४३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ५ दशमलव ५७ प्रतिशतले बढेर १७ सय २६ रुपैयाँमा कायम भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको ३३ करोड १६ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४ दशमलव २० प्रतिशतले बढेको छ ।
त्यसैगरी आज अपर तामाकोशीको २८ करोड ९७ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ८ दशमलव ३८ प्रतिशतले बढेको छ । हाइड्रो इलेक्टिसिटि एण्ड इन्भेष्टमेन्टको २८ करोड १६ लाख रुपैयाँको शेयर करोबार भएको छ ।