काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५४३ दशमलव ५२ अंकको विन्दुमा कायम भएको छ । आज हाईडोपावर, फाइनान्स र माईक्रोफाइनान्स बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।आज दिनभरिमा २ सय ९ वटा कम्पनीको ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँको शेयर करोबार भएको छ ।
आज सबैभन्दा धेरै निफ्राको शेयर करोबार भएको छ । आज निफ्राको ४४ करोड ३१ लाख रुपैयाँको शेयर करोबार भएको छ । नेपाल अपर तामाकोशीको ३८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चन्द्रागिरी हिल्सको ३७ करोड ७ लाखभन्दा बढीको शेयर करोबार भएको छ ।
त्यस्तै, आज उन्नती सहकार्य लघुवित्त लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।
चन्द्रागिरी हिल्सका लगानीकर्ताले ७ दशमलव १७ प्रतिशतका दरले गुमाएक छन् भने माउन्टेन हाईडो नेपालका लगानीकर्ताले ६ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् ।