IME Life New

नेपाली चेली कन्चन अमात्य ‘फोर्ब्स ३० वर्ष मुनीका ३०’ को सूचीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ। नेपाली चेली कन्चन अमात्य विश्वकै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सको ‘फोर्ब्स ३० बर्ष मुनीका ३०’ २०१८ सूचीमा पर्न सफल भएकी छिन् ।

उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा छनोट गरेको हो । २०१८ फोर्ब्स ३० अन्डर ३० एसिया नामक उक्त सूचीमा अमात्य लगायत प्रसिद्ध व्यक्तिहरु परेका छन् ।

Esewa
Crest

सूचीमा हिरोशी मिकितानी ,प्रमुख कार्यकारी अधिकारी (सीईयो) (राकुटेन ,सिनो भेसन उद्यमका काइ फुलि,संगीत निर्देशक,कलाकारहरु लगायत समेत छन् ।

ललितपुरकी अमात्य विल क्लिन्टन फाउन्डेसन संस्था अन्तर्गत नेपालमा संचालित दिर्घकालिन माछा पालन व्यवसायकी संस्थापक तथा कार्यकारी निर्देशक पनि हुन् । उनको संस्थाले खाद्यान्नको असुरक्षा र दिर्घकालिन जल संस्कृति गरीबीको समाधान गर्न मद्धत गर्दछ । त्यति मात्र हैन उनको संस्थाले ग्रामिण महिलाहरुलाई बित्तिय सहयोग,प्रबिधि ,स्थानीय पूँजी प्रदान गर्नुको साथै आफ्नै स्वामित्व साना उद्यम संचालन गर्न तालिम समेत दिने गर्दछ ।

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा संचालित क्लिन्टन फाउन्डेसनले अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको थियो । अमात्य काठमाडौँको सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वल्र्ड कलेजमा नेपालको प्रतिनिधित्व गर्दै अध्ययन गर्ने मौका पाएकी थिईन् ।

हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी २३ बर्षिय अमात्य युवा नेपाली सामाजिक उद्यमी हुन् । हाल उनी युएन महिला ग्लोबल च्यामपियन फर वुमेन ईमपावर मेन्ट एन युएन जिरो हंगर च्यामपियन हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS