Connect IPS
IME Life

उपत्यकामा बायु प्रदुषण बढ्यो, अनावस्यक सवारी साधन नचलाउन स्वास्थ्य मन्त्रालयको अपिल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अचानक मौसममा आएको परिवर्तनसँगै काठमाण्डौ उपत्यका भित्रको वायु प्रदूषण निकै बढेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसले श्वासप्रश्वासमा कठिनाई लगायत विविध स्वास्थ्य समस्याहरु देखा पर्ने भएकाले आम सर्वसाधारणलाई सजगता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

हालको वायप्रदूषणको अवस्थालाई मध्यनजर गरी वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्न सक्ने प्रभावहरुलाई रोकथाम गर्न मन्त्रालयले आकस्मिक रुपमा अपनाउनु पर्ने उपायहरु सुझाएको छ ।

Prabhu
Crest

घरबाहिर खुलास्थानमा नबस्न, नखेल्न,  मनिंङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो नगर्न मन्त्रालयले सुझाएको छ । ‍घरभित्रै वस्न तथा घर भित्र व्यायाम गर्न अनुरोध गरिएको छ । बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल  गर्नु पर्ने भएको छ ।

फोहोरहरुको उचित व्यवस्थापन गर्ने तथा फोहोर जलाउने काम नगर्न मन्त्रालयले अनुरोध गरेको छ । कसैले फोहोर जलाउने काम गर्ने गरेको छ भने त्यसलाई निरुत्साहित गरी र बन्द गर्न लगाउन समेत सबैलाई अनुरोध गरिएको छ ।

घर बाहिर ननिस्कने । निस्कने पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गरी र कोभिड १९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नु पर्ने भएको छ । धुँलो धुवाँ उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न तथा गराउन मन्त्रालयको अनुरोध छ । केही दिनपछि त्यस किसिमका पेशा, व्यवसाय, निमार्ण कार्यहरु सुचारु गर्दा धूँलो धुबाँ नउडाउने वा कम हुने व्यवस्थाहरु गर्न तथा गराउनु पर्ने मन्त्रालयले जनाएको छ ।

अत्यावश्यक नभई सवारी साधनहरु नचलाउन । सवारी साधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणहरुलाई कम गर्न तथा गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS