IME Life New

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै, घर भित्रै होली खेल्न सरकारको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड १९ को संक्रमण फेरि बढ्न थालेको छ । छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढ्न थाले पछि नेपाल सरकार तथा काठमाडौं जिल्ला प्रशासनले भिडभाड नगर्न तथा सार्वजनिक स्थानमा जादा अनिवार्य माक्सको प्रयोग गर्न निर्देशन दिएको छ । भारतमा नयाँ कोरोना भाइरस ‘डवल म्युटेन्ट’ देखा परेको छ । भारतको महाराष्ट्र, गुजरात, मध्यप्रदेश लगायतका राज्यमा संक्रमण फेलिने क्रम बढेको छ । भारतमा कोरोना संक्रमणको दर विस्तारै पुर्ववत रुपमा फर्किन थालेको हो ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ५३ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्ठी भएको छ । हालसम्म कुल एक करोड १७ लाख भन्दा धेरै संक्रमित भैसकेका छन् । भारतमा संक्रमण बढ्दै जादा नेपालमा पनि यसको उच्च जोखिम देखा परेको छ । नेपालका २६ वटा जिल्लाले भारतीय सिमा क्षेत्र छोएको छ । नेपाल भारतको खुला सिमानाका कारण जोखिम सबैभन्दा उच्च हुने स्वास्थ्य विदहरु बताउछन् ।

Esewa
Crest

भारतमा संक्रमण बढ्न थाले सँगै सिमाना जोडिएका जिल्लाहरुले कडाइ गर्न थालेका छन् । अत्यावस्यक बाहेकका आवतजावतमा कडाइ हुन थालेको छ । सिमामा यात्रु बाहक सवारी साधनलाई बन्द गरिएको छ । कतिपय जिल्लाले भारतबाट आउने यात्रुको पिसिआर परिक्षण सुरु गरेका छन् ।

नजिकिदो फागु पुर्णिमाको अवसरमा आवात जावत बढ्ने सक्ने भन्दै सरकारले सबैलाई घरभित्रै फागु पर्व मनाउन निर्देशन दिएको छ । केहि दिन अगाडि स्वास्थ्य मन्त्रालयले नै सबैलाई हाइ अलर्ट गराइसकेको छ  ।

काठमाडौं जिल्ला प्रशासनले छिमेकी मुलुक भारतमा समेत कोभिड १९ को संक्रमण बढ्दै गएकोले त्यसको प्रभाव काठमाडौं उपत्यकामा समेत बढ्दै गएको भन्दै जोखिम न्युनिकरणका उपाय अपनाउन अनुरोध गरेको छ । संभाव्य जोखिमहरु न्यूनिकरण गरी संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू  पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्ने, होलि पर्वलाई आफ्नो घर भित्र नै समित रही सामाजिक साँस्कृतिक मर्यादा अनुसार खेल्ने, घर बाहिर तथा सार्वजनिक स्थान, सावर्जनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र सामाजिक भौतिक दुरी कामय गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरेको छ ।

सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने जिल्ला प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS