IME Life New

एचआईडीसीएलको १० प्रतिशत बोनस सेयर, १०० प्रतिशत हकप्रद निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हाइड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले (एचआईडीसीएल) सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको पुस ८ गते बसेको १७४ औँ बैठकले हाल कायम रहेको १० अर्ब रुपैयाँ चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि २ करोड १० लाख ५२ हजार ६ सय ३१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Esewa
Crest

साथै कम्पनीले शतप्रतिशत हकप्रद शेयर पनि जारी गर्ने छ । कम्पनीको आउँदो पुस ३० गते हुने सातौं वार्षिक साधारणसभाले १ अर्ब रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । साथै सभाले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने पनि कम्पनीले जनाएको छ ।

एचआईडीसीएलले पुँजी दोब्बर बढाएर २० अर्ब रुपैयाँ पुर्याउन १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS