काठमाडौं । शेयर बजारमा ४१ दशमलब ३० अंकले सुधार भएको छ । बुधबार कारोबार सुरु भएको केहि समय घटेको शेयर बजार एक घण्टा पछि बढ्न थालेको थियो । नेप्से सूचक १ दशमलब ६३ प्रतिशतले सुधार भएर २५७० दशमबल ७० अंकमा पुगेर रोकिएको छ ।
पछिल्लो समय करेक्सन भैरहेको शेयर बजारमा पुनः सुधार हुन थालेको छ । सूचकमा सुधार सँगै कारोबार रकम ६ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ । बजार सुधार हुने अपेक्षमा लगानीकर्ताहरुले शेयर खरिद गर्न थालेका छन् ।
बुधबार २०८ कम्पनीको शेयर कारोबार हुँदा १४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटाको मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै मूल्य बढ्ने क्रममा ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्ट ट्रेडिङ, चन्द्रागिरी हिल्स, एचआइडिसिएल, आरएसडिसी लघुवित्त, माउन्टेन हाइड्रो नेपाल र कालिका पावरको शेयरमा सर्किट लागेको हो ।
हाइड्रोपावरको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ । बाणिज्य बैंकको सूचक २२ अर्कले सुधार हुँदा होटल र इन्भेषेन्टमेन्टको सूचक सबैभन्दा धेरैले सुधार भएको छ ।