काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक शेयरमा १६ लाख २२ हजार भन्दा धेरैको आवदेन परेको छ । कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा २ करोड ४७ लाख कित्ताको लागि आवेदन परेको हो ।
गत चैत ६ गतेदेखि निष्काशन भएको प्राथमिक शेयर आज बैंकिङ समयसम्म खुला गरिएको थियो । सर्वसाधारणका लागि जारी गरिएको २९ लाख कित्ता मध्ये ५८ हजार कित्ता कर्मचारीका लागि र एक लाख ४५ हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी २६ लाख ४० हजार कित्ता आज सर्वसाधारणलाई बाँडफाँड हुने छ ।
क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले कम्पनीको प्राथमिक शेयरलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम किसिमको जोखिम रहेको संकेत गर्दछ ।