काठमाडौं । नेप्से सूचक सुधार सँगै कारोबार रकम ५ अर्ब १४ करोड रुपैयाँ नाघेको छ । तिव्र उतारचढावका विच ६ वटा सूचक घटेको छ भने ७ वटाको सूचक बढेको छ । मंगलबार ८ वटा कम्पनीको शेयर मूल्य अधिकत बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । निफ्राकाकोे ५२ करोड ६० लाख रुपैयाँ, अपर तामाकोशीको ३२ करोड ८१ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको २८ करोड ७१ लाख रुपैयाँ सर्वाधिक कारोबार गरेका छन् ।
आज निफ्रा, अपर तामाकोशी, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, रसुवागढी हाईड्रोपावर, साल्ट ट्रेडिङ, निर्धन लघुवित्त, मेरो माईक्रोफाइनान्स र शिखर इन्स्योरेन्स र अरुण काबेली हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कारोबार गरेका छन् ।