IME Life New

बुटवल पावरले निर्माण गर्न लागेको मनाङ मर्स्याङ्दीको विद्युत खरिद बिक्री संझौता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटल पावर कम्पनीको स्वामित्वमा रहेको मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले मनाङ जिल्लाको नामे नासोङ गाउँपालिका स्थित मर्स्याङदी नदीमा निर्माण गर्न लागेको १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविदयुत आयोजनाको विद्युत खरिद बिक्री गर्ने संझौता भएको छ ।

हिजो सोमबार नेपाल विद्युत प्राधिकरणसँग संझौता सम्पन्न भएको कम्पनीले जनाएको छ । यस आयोजनाको निर्माण तीन चिनिया कम्पनीहरु एससिआइजी इन्टरनेशनल, सिजिचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट र क्युवाइसी इन्टरनेशनल सँगको संयुक्त लगानीमा गर्न लागिएको हो ।

Esewa
Crest

यस आयोजनाको वित्तीय व्यवस्थापनको कार्य प्रक्रियामा रहेको छ । सो कार्य छिट्टै सम्पन्न गरी निर्माण कार्य शुरु गर्ने कम्पनीले जनाएको छ । सन् २०२५ को मार्च महिना भित्र निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

यो आयोजना यस कम्पनीले चिनिया साझेदारहरु सँग मिलेर मर्स्याङ्दी नदीमा क्यासकेड अवधारणामा निर्माण गर्न लागेको तीन आयोजना मध्येको पहिलो आयोजना हो । यो आयोजना निर्माण सँगै यसबाट वार्षिक ७६७ गिगावाट आवर विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारणमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS