Connect IPS
IME Life

सरकार राजस्व संकलनमा अब्बल तर बजेट खर्चमा सबैभन्दा कमजोर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकार राजस्व परिचालनमा अबल्बल देखिए पनि सरकारी खर्चमा भने कमजोर देखिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को माघसम्ममा संघिय सरकारले ४ खर्ब ९८ रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा १.२५ प्रतिशत बृद्धि भएको हो । गत वर्ष ४ खर्ब ९२ अर्ब रुपैयाँ थियो ।

Prabhu
Crest

तर दुई तिहाइ बहुमत प्राप्त सरकार संघीय सरकारी खर्चमा भने चुकेको छ । चालु आर्थिक वर्षको माघसम्ममा ४ खर्ब ८७ करोड रुपैयाँ मात्रै सरकारी खर्च भएको छ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा कुल विनियोजित रकमको ३३.९ प्रतिशत मात्रै खर्च भएको छ । जसमा चालु खर्च तर्फ कुल विनियोजित बजेटको ४२.९ प्रतिशत, पूँजीगत बजेटको १७.८ प्रतिशत र वित्तीय व्यवस्था तर्फ १७.४ प्रतिशत मात्रै खर्च भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कुल कर्च ३१.८ प्रतिशत भएको थियो । चालु, पूँजीगत र वित्तीय व्यवस्था तर्फ क्रमश ३८.३ प्रतिशत, १८.९ प्रतिशत र २६.२ प्रतिशत खर्च भएको थियो ।

कोभिड १९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यले गति लिन नसकेको कारणले पूँजीगत खर्चले अपेक्षित गति लिन नसकेको सरकारले जनाएको छ । चालु आर्थिक वर्षको माघसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भन्सार महशुलमा २१.१ प्रतिशतले बृद्धि भएको छ भने आयकरको संकलनमा ९.६ प्रतिशतले कमी आएको छ ।

चालु वर्षको माघसम्मको शिर्षकगत लक्ष्इमा आन्तरिक तर्फ मूल्य अभिबृद्धि कर शिर्षकको राजस्व लक्ष्य भन्दा बढी संकलन भएको छ भने अन्य शिर्षकको राजस्व संकलनमा कमी आई समग्र राजस्व संकलन लक्ष्यको ९०.७ प्रतिशत संकलन भएको छ । यस अवधिमा भन्सा विन्दुमा संकलन भएको राजस्व ९.८ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब पुगेको छ भने आन्तरिकतर्फ संकलन भएको राजस्वमा ३.८ प्रतिशतले संकुचन भइ २ खर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS