IME Life New

हिमालयन उर्जाको आईपीओ बाडँफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको साधारण शेयर (आईपिओ) बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाका स्थानीय बासिन्दाका लागि कार्तिक ६ गतेदेखि मंसिर ५ गतेसम्म निष्काशन गरेको शेयर पुस ६ गते शुक्रबार बाँडफाँड गरेको हो ।

कम्पनीको आईपिओमा अति प्रभावित र प्रभावित क्षेत्रका स्थानीयहरूबाट ७ हजार ४० जनाले ११ लाख ९८ हजार ९७० कित्ता शेयर माग गरेको थियो । कम्पनीको शेयरमा आवेदन गरेका सबै आवेदकले शेयर पाएका छन् ।

Esewa
Crest

त्यस्तै ५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने सबै आवेदकलाई न्यूनतम ४५० कित्ताका दरले शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

बाँडफाँड गरेर बाँकी रहेको २३० कित्ता शेयर ५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने कूल ३८७ आवेदकमध्ये गोलाप्रथाबाट २३ जना आवेदकले थप १० कित्ता गरि ४६० कित्ताको दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीले निष्काशन गरेको कुल शेयर मध्ये ४० प्रतिशत अर्थात ३ लाख ९६ हजार कित्ता शेयर अति प्रभावित क्षेत्रका बासिन्दाका लागि र ५ लाख ९४ हजार कित्ता आयोजनाबाट प्रभावित स्थानीयका लागि कूल ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा न्युनतम ५० कित्ता देखि ४ हजार ९०० कित्ता सम्म आवेदन गर्ने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS