काठमाडौं । बीमा अभिकर्ताहरुले प्रत्येक बर्षको चैत्र मसान्तसम्ममा आफनो इजाजत पत्र नविरकण गरिसक्नुपर्नेछ । बीमा ऐन २०४९ अनुसार उक्त अवधि भित्रमा नविकरण नगरेमा समितिले इजाजत पत्र खारेज समेत गर्न सक्नेछ ।
बीमा नियमावली अनुसार बीमा अभिकर्ताले आफनो इजाजतपत्र नविरकण गराउनको लागि चैत्र महिना भित्रमा नविरकण दस्तूर बापत २ सय रुपैयाँ समेत संलग्न राखी समितिको कार्यलयमा निवेदन दिनुपर्नेछ । यसरी निवेदन प्राप्त भएमा समितिले त्यस्तो बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ ।
म्यादभित्रै कुनै बीमा अभिकर्ताले आफनो इजाजतपत्र नविरकणको लागि निवेदन दिन नसकेमा कारण खुलाई समितिको कार्यलयमा निवेदन दिन सक्नेछन् ।
अभिकर्ताले दिएको निवेदन उचित लागेमा समितिले नविरकणको म्याद नाघेको पहिलो २ महिनासम्मको लागि १ सय रुपैयाँ र त्यसपछिको चार महिनासम्मको लागि प्रति दिन ५ रुपैयाँ थप दस्तुर लिई त्यस्तो बीमा अभिकर्ताको इजाजतपत्र नविरकण गरी दिन सक्नेछ । थप दस्तूर लिई बढीमा ६ महिनाको म्याद थप गरिदिन सक्नेछ ।
कुनै बीमा अभिकर्ताले आफनो इजाजत पत्र नविरकण नगराएमा बीमालेख लिनेको हक हित विरुद्ध वा ऐन अन्तर्गत बनेको नियम विपरित कुनै काम गरेको छ भन्ने कुरामा समिति विश्वस्त भएमा समितिले त्यस्ता बीमा अभिकर्ताको इजाजत पत्र खारेज गर्न सक्नेछ ।
इजाजत पत्र खारेज गर्नु पूर्व समितिले निजलाई लगाईएको आरोप उपर स्पष्टीकरण पेश गर्न मनासिव समय दिनुपर्नेछ ।